सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गोलीसहित शनिबार साँझ पक्राउ गरेको हो। बरामद गोलीगठ्टा पछिल्लो पटक हिंसा भड्किएपछि सुरक्षा निकायबाट लुटिएको हुनसक्ने आशंका छ। यद्यपि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »