सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चमक हराएको थापाथली : गाडी शोरुम बने विध्वंसको प्रतीक

काठमाडौं । थापाथली, जहाँ दशैंतिहार नजिकिंदा चमकधमक हुन्थ्यो, तर अहिले शोक र भग्नावशेषको प्रतिमूर्ति बनेको छ ।

सामान्य अवस्थामा यही ठाउँका गाडी शोरुमहरूमा ग्राहकको भीड देखिन्थ्यो । नयाँ गाडी हेर्ने, खरिद गर्ने, विक्रेतासँग सम्झौता गर्ने धुनमा यहाँ दैनिक सयौँ मान्छे आउजाउ गर्थे ।

तर, अहिले अवस्था अर्कै छ– सडक सुनसान छ, शोरुमहरूमा पस्दा कहाली लाग्छ, र भित्र राखिएका नयाँ सपनाहरू खरानी बनेर बसेका छन् ।

गत सोमबारदेखि मंगलबारसम्म चलेको जेनजी आन्दोलनले थापाथली क्षेत्रलाई विध्वंशको प्रतीक बनाइदियो । जुन स्थान ग्राहकहरूको उत्साह र चहलपहलले गुञ्जिन्थ्यो, अहिले त्यही ठाउँ धुवाँको गन्ध, फुटेका सिसा र पोलिएका फलामका ढाँचा मात्रै बोकेर बाँच्न बाध्य छ ।

सीजी मोटर्सको दृश्य देख्दा कसैको पनि मन थामिँदैन । विशाल भवनको सिसा चकनाचुर छ, भित्र राखिएका गाडीहरू ध्वस्त भएर अस्थिपञ्जर मात्रै बचेका छन् । तीन तला जलेर खरानीमा परिणत भएका छन् ।

तेस्रो र चौथो तला बाहिरबाट हेर्दा सिसा बाँकी देखिए पनि भित्रको कथा उस्तै पीडादायी छ । यही बाटो हिँड्नेहरू टक्क रोकिन्छन्, टाउको हल्लाउँदै भन्छन्,– ‘बिचरा, पूरै ध्वस्त बनाइदिएछन् !’

त्यो शब्दमा सहानुभूति मात्रै होइन, भोलिको अनिश्चितता प्रतिको डर पनि मिसिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »