सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भ्यालेन्सियाको पोष्टमा बार्सिलोनाको ६ गोल

काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा गएराती भ्यालेन्सियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

पहिलो रोजाईँमा सुरुवात गरेका फर्मिन लोपेजसँगै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका राफिन्हा र रोवर्ट लेवान्डोस्कीले दुई-दुई गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो ।

घरेलु मैदान योहान क्रफ स्टेडियममा भएको खेलमा फर्मिनले २९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र गरेको बार्सिलोनाले दोस्रो हाफमा ५ गोल थपेको हो । फर्मिनले ५६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफको सुरुमै रुनी बार्डघीको स्थानमा मैदान प्रवेश गरेका राफिन्हाले ५३औं र ६६औं मिनेटमा गोल गरे ।

चार गोलको अग्रता बनाएपछि लेवान्डोस्की ६८औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले पनि ७६औं र ८६औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले फराकिलो जित हात पारेको हो ।

जितपछि ४ खेलबाट १० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट १२ अंकसहित रियल मड्रिड शीर्ष स्थानमा छ । यस सिजन रियलले मात्र शतप्रतिशत जित हात पारेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »