सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मञ्‍चका पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष तथा वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शर्माको ५३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । क्यान्सरबाट पीडित शर्माको भैरहवामा उपचारको क्रममा निधन भएको हो।

मञ्चले शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। शर्माको अन्त्येष्टि आइतबार पाल्पाको रामदीमा सम्पन्न भएको छ।

तीन दशकदेखि खेल पत्रकारितामा सक्रिय रहेका शर्माले एसियाली खेलकुद र सागसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समाचार संकलन गरेका थिए।उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

भर्खरै

सम्बन्धित खबर

Language »