सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौँ । रूपन्देही जिल्ला मायादेवी गाउँपालिका-६ बेथरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल र प्रोमेथाजाइन ५० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ भिलरहवा बस्ने २३ वर्षीय अक्ष्य कुमार हरिजन र सोही गाउँपालिका-२ पकडी बस्ने २२ वर्षीय गुलाब हरिजन रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१० प ५८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »