सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोरखापत्रकर्मी गोविन्द शर्मामाथि दुर्व्यवहार


नेपालगन्ज, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले आपत्ति जनाएको छ ।

असोज ५ गते आइतबार जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा पत्रकार शर्मामाथि भएको दुव्र्यवहारप्रति पत्रकार महासंघ बाँके शाखाले प्रेस विज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएको हो ।

जेनजी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनुमति नलिएर किन तस्बिर लिएको भन्दै दुव्र्यहार गरेको घटनाले आफूलाई असुरक्षित महसुस गराएको बाँके शाखाका साधारण सदस्य समेत रहनुभएका शर्माले बताउनुभयो ।

परिचय दिँदा पनि प्रमुख जिल्ला अधिकारी जोशीले सुरक्षाकर्मीलाई के हेरेर बसेको भनेर निर्देशन गर्नुले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको र आफूलाई आतंंकित बनाएको महसुस भएको उहाँको भनाइ छ ।

महासंघ बाँके शाखा उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराएको जनाएको छ । यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारमाथि रिपोर्टिङका क्रममा भएको दुव्र्यहारको छानविन हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल प्रेस युनियन बाँके र प्रेस चौतारी नेपाल बाँकेले पनि घटनाप्रति खेद प्रकट गँर्दै जिल्लाको प्रमुखबाट भएको यस खालको दुव्र्यवहारको बिरोध गरेको छ । जिल्लाको नेतृत्व गर्ने व्यक्तिले नै पत्रकारलाई धम्काउनु निन्दनीय घटना भएको युनियन बाँकेका सचिव भिष्म लोधले बताउनुभयो ।(गोरखापत्र अनलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »