सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दशैंमा सामाजिक सद्भावको संदेश : राजा खान बिङ ह्युम्यान संस्थाद्वारा फलफुल–पानी वितरण

नेपालगञ्ज , महान चाड बडा दशैं र श्री नवदुर्गा मूर्ति विसर्जनको अवसरमा समाजमा सद्भाव, भाइचार र मानवताको सन्देश प्रवाह गर्न राजा खान बिङ ह्युम्यान संस्थाले फलफुल तथा पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममा संस्थाका अध्यक्ष मोहम्मद अरसद सेख, उपाध्यक्ष सदाब खान, सचिव मोहम्मद रासिद सेख, अन्य पदाधिकारी तथा स्वयंसेवकहरू सक्रिय रुपमा उपस्थित थिए। कार्यक्रमका क्रममा अध्यक्ष अरसद सेखले समाजसेवी कार्य र मानव सेवाको महत्त्वमाथि जोड दिँदै भने, “मानव सेवा नै ठूलो धर्म हो। यस्ता साना–साना प्रयासहरूले पनि समाजमा ठूलो प्रेरणा दिन सक्छ। हामी संस्थाका तर्फबाट यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्ध छौँ।”

कार्यक्रममा सहभागी युवाहरू नन्दनी सिंह, कृष्ण गुप्ता, हिमा सुनार, प्रज्वल भण्डारी, नन्दिता सुनार, रोहन गिरी, सुशान्त र निरा ठाकुरीलगायतले पनि सक्रिय योगदान दिएका थिए। उनीहरूले बताए, “यस्ता समाजसेवी कार्यले केवल धार्मिक र सांस्कृतिक उत्सवलाई मात्र उजागर गर्दैन, यसले सम्पूर्ण समाजलाई एकताको डोरीमा बाँध्छ र समुदायमा आपसी सद्भाव प्रवाह गर्दछ।”

कार्यक्रमको क्रममा वितरण गरिएको फलफुल र पानी स्थानीय बासिन्दा र उपस्थित सबैलाई खुशीका साथ प्रदान गरिएको थियो। कार्यक्रमले धार्मिक पर्वसँगै सामाजिक उत्तरदायित्व र मानव सेवाको उदाहरण प्रस्तुत गरेको र स्थानीय समुदायमा एकताको सन्देश फैलाएको उच्च प्रशंसा प्राप्त गरेको छ।

राजा खान बिङ ह्युम्यान संस्थाले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिन र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। संस्थाका पदाधिकारीहरूले आगामी दिनमा अझ बढी समाजसेवी पहल र स्थानीय समुदायको सहभागितासहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी पनि दिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »