रास्वपा भित्र कुलमान घिसिङलाई पार्टी सभापति बनाउने हल्ला चलिरहेको अवस्थामा रास्वपाका युवा नेता प्रदिप मैनालीले पार्टी सभापति रवि लामिछानेको मुद्दा छिनोफानो हुन समय लाग्ने भन्दै तत्काल कुलमान घिसिङलाई पार्टी सभापति बनाउनु पर्ने कुरा सामाजिक सन्जालमा लेखेका छन् ।
स्वर्णिम वाग्लेलाई पनि सिधै वरिस्ठ उपाध्यक्ष बनाएको स्मरण गर्दै मैनालीले कुलमान घिसिङलाई सभापति बनाउनु पर्ने र सो पदको लागि रास्वपा नेता तथा कार्यकर्ता सबै जनाको साथ र समर्थन समेत रहने जनाएका छन् ।
पछिल्लो चरणमा पार्टी सभापति रवि लामिछाने जेल चलान भएपछि पार्टीले उचित नतिजा देखाउन नसकेको र संगठन बिस्तार समेत नभएको मैनालीको आरोप छ ।
मैनाली भन्छन् “रवि लामिछानेको बिकल्प छैन तर लामिछानेको मुद्दा लम्बिने र चुनावी समयमा पार्टीले उल्लेखनीय नतिजा हात पार्ने नसक्ने अवस्था आउनसक्ने भएकाले कुलमान घिसिङलाई सभापति बनाएर चुनाबमा जानु पर्छ । ”
मैनालीले लामिछानेको मुद्दा तत्काल फैसला भएर निर्दोष सावित भए लामिछाने नै १० बर्षका लागि रास्वपा सभापति हुन् भन्दै चुनावका लागि रास्वपा तम्मतयार अबस्थामा रहेको र सरकारले गरेको चुनाव घोषणाको स्वागत समेत गरेका छन् ।
युवा नेता तथा सामाजिक अभियन्ता प्रदीप मैनाली रास्वपा काभ्रेपलान्चोक तेमाल गाउँपालिकाको,मैनाली समाज काभ्रेपलान्चोक तथा दिप मन्डला युवा क्लबको सचिव समेत हुन ।









