सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मध्यरात राउटे बस्तीमा छिरेर दुव्र्यवहार गर्न खोज्ने एक जना पक्राउ

काठमाडौं। मध्यरात राउटे बस्तीमा छिरेर दुव्र्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति १२ बजे लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर दुव्र्यवहार गर्न खोजेको आरोपमा लेकबेशी–५, नेटाका राजु रजालीलाई नियन्त्रणमा लिइएको हो ।

मदिरा सेवन गरी राउटे महिला एक्लै भएको छाप्रोमा प्रवेश गरेका उनलाई राउटे युवाहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । राउटे महिलाले नै आफूलाई जबरजस्ती गर्न खोजेको बताएपछि बस्तीकै युवाहरूले समातेर राखेको राउटे समुदायसँग काम गर्दै आएकी कर्मचारी दुर्गा खत्रीले जानकारी दिइन् ।

दुव्र्यवहार भएको घटना जानकारीमा आएपछि शनिवार बिहान बस्तीमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए । पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पनि चासो राखेको छ । थप जानकारी लिन दुवै टोली बस्तीमा पुगेको जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »