सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय २० मिलिग्राम, नगद ३१ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय संजिब राज थिङ र सोही उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीया मनिषा थिङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले संजिबको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७३ प ५४९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »