काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तेमाल गाउँपालिकाका संस्थापक सचिब प्रदिप मैनालीले सचिब पदबाट राजिनामा दिएका छन ।
राजनिती छलफलमा रहेका मैनालीले उक्त पदबाट राजिनामा दिनुलाई अर्थपुर्ण रूपमा हेरिएकाे छ धेरै जसाेले केहिले पार्टी परित्याग गर्ने लागेका हुन समेत भनेका छन भने केहिले पालिकामा धेरै काम गरेका हुनाले जिल्ला या प्रदेश तिर जान खाेजेका हुन कि भनेर आँङ्कलन गरेका छन ।
समाजसेवीमा राम्रो छवि बनाएका मैनालीले भने हामीसंगकाे टेलिफोनमा राजनितीमा समय दिन नसकेकाे र साे पदमा नयाँलाई माैका दिएकाे अाफु पद लिप्त नभएकाे हुनाले सजिलै सचिब पद त्याग गरेकाे जानकारी गराए ।
केही रास्वपा तेमालका साथिहरुले मैनालीकाे पद त्याग महान कार्य भएकाे र रास्वपामा नयाँलाई सजिलै माैका दिईने छ भन्ने सन्देश पैदा भएकाेले मैनालीकाे उच्च प्रंसम्सा गरेका छन ।
अब मैनाली रास्वपाकाे पार्टी साधारण सदस्यका रूपमा रहेका छन ।









