काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले आज नख्खु कारागारमा पुगेर सोधपुछ गरेको छ ।
आयोगले आज नख्खु कारागारमा पुगेर निरीक्षण गर्नुका साथै कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित अन्य थुनुवासँग सोधपुछ गरेको हो ।
जेनजी आन्दोलनका क्रममा लामिछाने कारागारबाट निस्किएका थिए । उनी निस्किएपछि अन्य कैदी पनि भागेका थिए ।








