काठमाडौं । नेपाल तामाङ कलाकार संघको १८औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन दिवज्योति पार्टी प्यालेस बौद्ध पिपल बोटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सर्वसहमतिको आधारमा लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तन पुनः संघको अध्यक्षमा चयन भएका छन्।
कार्यसमितिमा , अध्यक्ष विशाल काल्तान,वरिष्ठ उपाध्यक्ष रोशन फ्युवा तामाङ,उपध्यक्ष सुबास मोक्तान ,महासचिव खेम मोक्तान ,सचिव योगेश लामा,कोषाध्यक्ष ,बैरागी मोक्तान , सदस्यहरु, जीवन बम्जन, जितु लोप्चन,सुमिना लो,आस्मान लोप्चन,रेश्मा बम्जन,मिलन थिङ,मीन योञ्जन ,बषन्ती लामा,लक्ष्मी स्याङतान,शुभ तामाङ,प्रतीक मोक्तान ,मदन ग्लान,अभि लामा,प्रकाश वाईबा,त्रिलोक लामा रहेका छन ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बाँस्कोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने पूर्व AIG टेकबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्कोटाले नेपाली संगीत र तामाङ कलाकारहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कला र संस्कृतिको संरक्षणमा अझ प्रभावकारी भूमिका खेल्न आग्रह गरे।
त्यस्तै, विशेष अतिथि टेकबहादुर तामाङले संघले तामाङ कलाकारहरूको सशक्त संगठनको रूपमा स्थापित हुँदै आएको भन्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
सांस्कृतिक झाँकी, सम्मान कार्यक्रम र संगीत प्रस्तुतिसहित सम्पन्न अधिवेशनमा देशभरका तामाङ कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।









