सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोशी प्रदेश सभा बैठक तरकारी बजारको भवनबाट सञ्चालन हुने

विराटनगरको तरकारी बजार ‘गुद्री’ लाई सार्न निर्माण गरिएको कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेश सभा र सचिवालय सञ्चालन गर्ने निर्णय भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिका–१ मा रहेको कृषि बजारको भवन र संरचनामा अस्थायी रूपमा प्रदेश सभा सञ्चालनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले आगजनी गर्दा प्रदेश सभा भवन र सचिवालय ध्वस्त भएको थियो ।

मन्त्रिपरिषद् बैठकले कृषि बजारमा प्रदेश सभा बैठक र सचिवालय सञ्चालनका लागि आवश्यक संरचना तयार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार सचिवालय र प्रदेश सभाका लागि आवश्यक संरचना भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गर्नेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा उद्‌घाटन गरेको तरकारी बजारको संरचना प्रयोगविहीन थियो ।

विराटनगरको गुद्री बजारका व्यापारी जान नपानेपछि प्रयोगविहीन भएको संरचना बाहिर साप्ताहिक हाटबजार लाग्दै आएको छ ।

बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

सहसचिव कोषहरि निरौलालाई आर्थिक मामला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्करप्रसाद पोखरेललाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »