सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकार, दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, सरकार र जेनजीका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनको वातावरण बनाउन चार पक्षीय छलफल गर्न लागिएको हो ।

निर्वाचनको पूर्वतयारीका सम्बन्धमा निर्वाचन आयोगमा आइतबार छलफल थियो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी थिए । त्यसक्रममा भण्डारीले निर्वाचनको वातावरणका लागि आयोगले सबै पक्षका प्रतिनिधिसँग एकसाथ छलफल गर्ने तयारी भइरहेको बताए।

भण्डारीले निर्वाचन पूर्वतयारीको काममा सरकारले हालसम्म उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिँदै निर्वाचनको वातावरण निर्माण, स्रोतसाधनको व्यवस्था एवम् सुरक्षाको प्रबन्धमा महत्वपूर्ण भूमिकाको विश्वास व्यक्त गरे।

के छन् सरकार र दलहरूका दिक्दारी ?

आइतबार नै आयोगले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भविष्यमा निर्वाचनको वातावरण तयार गर्न निर्वाचन आयोगले राजनीतिक दल, नेपाल सरकार, युवा पुस्ताका प्रतिनिधि र निर्वाचन आयोगका बीचमा आयोजना गर्ने छलफल तथा अन्तर्क्रिया कार्यक्रममा समेत सहजीकरण गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

चार पक्षीय छलफलको मिति भने भण्डारीले खुलाएका छैनन् । निर्वाचनको मिति घोषणा भएदेखि नै आयोगले योजनावद्ध रूपमा निर्वाचनको पूर्वतयारीका कार्य गरिरहेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »