सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”गुन्डा शैलिप्रति एसपि अङुर जिसिको कडा प्रतिकृया”

नेपालगन्ज, बाँके – मिति २०८२/६/१७ गतेको दिन हिन्दुहरुको महान पर्वको बडा दशैंको उपलक्ष्यको अन्तिम दिन देवि विसर्जनको समय चलिरहेको बेला नेपालगन्जको २ स्थानमा केहि अराजक तत्वहरुले झडप सिर्जना गरेका थिए ।
केही उपद्रव मानसिकताका व्यक्तिहरुले गर्दा सो झडप हुन गएको थियो। प्रहरीको व्यापक परिचालन र सुरक्षामा देखिएको सतर्कताको कारणले गम्भीर क्षती हुन पाएको थिएन।


हुन त यस किसिमको घटनालाई उपद्रवी मानसिकताका व्यक्तिहरुले यही समयमा दंगा एवं ठुलो स्केलमा भौतीक क्षती पुर्याउने अवसरको रुपमा समेत परिणत गर्न चाहन्छन् तर यस वर्ष प्रहरीको विगत वर्षको भन्दा बढी प्रहरी परिचालन र तत्कालै प्रहरीको रेस्पोन्स भएको हुंदा गम्भीर दुर्घटना हुन पाएको थिएन ।
यसरि नै समाजलाई आतँकित बनाउने गुन्डागर्दि सहय नहुने बताएका छन । बाँके जिल्ला एक सँवेदनशिल जिल्ला पनि हो ।
मानव तस्कर ,अवैध तस्करि,अवैध उत्खनन तथा बिभिन्न दृष्टिकोणले सँवेदनशिल मानिन्छ ।
यस्ता गलत गतिबिधि लाई नियन्त्रण गर्नु प्रहरिको प्रमुख दायित्व पनि हो । त्यसैक्रम्मा समाजमा डर त्रास फैलाउने गुन्डाहरुप्रति कठोर भएका छन बाँके प्रहरी प्रमुख अङुर जिसी ।

भर्खरै

सम्बन्धित खबर

Language »