सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा किशोर किशोरीलाई अभिमुखीकरण


किशोर किशोरी अवस्थामा आउने परिवर्तन त्यसको असर तथा मानसिक शारीरिक मानसिक भावनात्मक अवस्थालाई नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने विधिहरूका बारेमा सहजीकरण गरिएको थियो।

नेपालगञ्ज , नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा नेपालगञ्जमा एक दिने किशोर किशोरीलाई सचेतनामूलक तालिम दिइएको छ।
टेवा ललितपुरको सहयोगमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय किशोर किशोरी क्लबका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण गराइएको छ।


किशोर किशोरी ला ई जागरुक गराउन सो सचेतनामूलक तालिम दिएको हो। एकदिनै अभिमुखीकरण कार्यक्रममा बालविवाह लैङ्गिक हिंसा मानव बेचबिखन तथा किशोर किशोरी अवस्थामा आउने परिवर्तन त्यसको असर तथा मानसिक शारीरिक मानसिक भावनात्मक अवस्थालाई नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने विधिहरूका बारेमा सहजीकरण गरिएको थियो। कार्यक्रममा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका डुडुवा गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका २० जना बाल क्लबका किशोर किशोरीको सहभागिता थियो।

भर्खरै

सम्बन्धित खबर

Language »