काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३०औं साधारणसभा काठमाडौंको नक्शाल,सानो गौचरण स्थित रानी महलमा भव्यताको साथ सम्पन्न भयो ।
ग्रील व्यवसायीहरुको सांगठानीक पिताको उपमा पाएका ग्रील व्यवसायी संस्थाका संस्थापक अध्यक्ष मधु बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रमको सभापतित्व ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण महासंघका महासचिव विवेकदास श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल,महासंघका वरिष्ठ सल्लाहाकार निरन्जनकुमार श्रेष्ठ,महासंघका सलल्लाहाकारहरु रहनु भएको थियो भने व्यवसायीक प्रशिक्षण प्रतिष्ठानका ईन्जिनियर नारायाण निरौला, वैज्ञानिक एवं वातावरणविद राम चरित्र शाह अतिथिको रुपमा रहनु भएको थियो ।
देशभरका ग्रील तथा स्टील व्यवसायीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य दिदैँ हाल ग्रील तथा स्टील व्यवसाय सञ्चालनमा देखिएका ब्याजदरको अस्थिरता, सरकारी नीतिगत अनिश्चितता, गुणस्तरका चुनौती, करको दवाव तथा प्रतिस्पर्धात्मक बजारको अवस्थाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो । उहाँले व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित प्रणालीमा अघि बढाउन महासंघ प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
साधारण सभामा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरूले सहभागिता जनाई आफ्नो विचार तथा अनुभव व्यक्त गरेका थिए । विशेष अतिथिका रूपमा उपस्थित राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानका ईन्जिनियर नारायण निरौलाले हाल व्यवसायीहरूका क्षमता अभिवृद्धि, तालिम तथा नेतृत्व विकासका कार्यक्रमहरूलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विशेष अतिथि तथा महासंघका निबर्तमान अध्यक्ष मोहन कटुवालले महासंघले विगतमा गरेका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गर्दै संस्थागत एकता र बलियो संरचना निर्माणमा सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अतिथि तथा महासंघका वरिष्ठ सल्लाकार निरञ्जन कुमार श्रेष्ठले व्यवसायमा देखिने अनियमितता हटाई व्यवस्थित कारोबार प्रणाली कायम गर्न महासंघले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।
वैज्ञानिक एवं वातावरणविद राम चरित्र शाहले उद्योग तथा व्यवसायसँग सम्बन्धित वातावरणीय प्रभाव, प्रदूषण नियन्त्रण, र दिगो विकासका सिद्धान्तबारे महत्वपूर्ण सुझावसहित मन्तव्य राख्नुभयो ।महासंघका संस्थापक अध्यक्ष मधुबहादुर कार्कीले संगठन निर्माणका प्रारम्भिक कठिनाइ, संस्थाको इतिहास, विस्तार र संस्थागत विकासका महत्वपूर्ण अध्यायहरू स्मरण गर्दै वर्तमान नेतृत्वलाई अझ योजनाबद्ध रुपमा अघि बढ्न शुभकामना दिनुभयो ।
कार्यक्रममा आफ्नो शुभकामना मनतव्य राख्दै चितवन जिल्लाका तारा बहादुर कार्कीले काठमाडौं उपत्यकालाई मात्र महासंघ भन्ने भाष्यलाई विस्थापन गराएर देश भरका व्यवसायीहरुको साझा संगठनको रुपमा बिकास गर्नु आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न जिल्लबाट आएका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मनतव्य राख्नु भएको थियो ।
महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक बर्मा , बागमती प्रदेशका संयोजक प्रकाश पौडेल,गण्डकी प्रदेशका संयोजक रण बहादुर विश्वकर्माले मनतव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको समापन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले देशभरका व्यवसायीहरूलाई एकीकृत ढङ्गले अगाडि बढाउने महासंघको भूमिकालाई थप विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो ।
साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगतिबारे समीक्षा, अद्यावधिक कार्ययोजना तथा आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, आपूर्ति व्यवस्थाको चुनौती जस्ता मुद्दाहरूलाई महासंघले प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
साधारण सभाले देशभरका ग्रील तथा स्टील व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूका समस्या समाधान तथा अधिकार संरक्षणमा महासंघको भूमिका झनै प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै अध्यक्ष ठूलोबाबु श्रेष्ठले सबै व्यवसायी, अतिथिहरू तथा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा महासंघलाई अझ सशक्त बनाउँदै व्यवसायीहरूको हितका निम्ति नीतिगत पैरवीलाई तीव्र बनाइने बताउनुभयो । यससँगै ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं वार्षिक साधारण सभा औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो ।









