काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भएका २९ वर्षीय सुदिप तामाङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







