सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालुवाटारमा सर्वपक्षीय बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँगको महत्त्वपूर्ण बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रमुख राजनीतिक दलहरूका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्रीको कार्यालयले बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफलका क्रममा निर्वाचन आयोगका प्रतिनिधिले आयोगको तयारी र सुरक्षा प्रमुखहरूले देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराउनेछन् ।

सरकार र निर्वाचन आयोगले तोकिएकै समयमा निर्वाचन गराउने बताइरहेका बेला प्रमुख राजनीतिक दलहरूले भने देशमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । यो बैठकलाई निर्वाचनको सुनिश्चितता र सुरक्षा तयारीको समीक्षाका रूपमा हेरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »