सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी वृत बालाजुको नयाँ भवन सिलान्यास

काठमाडौं । भदौं २३ र २४ को जेन्जी आन्दोलनको क्रममा आगलागि तथा तोडफोडमा परि ध्वस्त भएको प्रहरी वृत बालाजुको एउटा भवन मर्मत संभार गरि हस्तान्तरण गरिएको केहि समय पछि आज नयाँ भवनको समेत सिलान्यास भएको छ ।


स्थानीय समाजसेवी शिवभक्त रन्जितको संयोजकत्वमा गठित बालाजु प्रहरी वृत पुननिर्माण तथा पुनस्र्थापना समितिले बिभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरु संगको सहकार्यमा सो भवन निर्माण गर्ने बताईएको छ ।


कार्यक्रममा कामपा वडा नं.१६ की वडाध्यक्ष रोजिना श्रेष्ठ,प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्ट , स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


करिब तिन करोड लागतमा बन्ने उक्त भवनको लागि यस क्षेत्रमा रहेका व्यापारी,बिभिन्न संघ संस्था, सामाजिक व्यक्तित्वहरु तथा आम नागरिकहरु संग आफ्नो क्षमता अनुसारको सहयोग गर्न बालाजु प्रहरी वृत पुननिर्माण तथा पुनस्र्थापना समितिले अनुरोध समेत गरेको थियो भने धेरै ठाउँबाट सहयोगको प्रतिबद्धता सोत आईसकेको समितिका संयोजक शिवभक्त रन्जितले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »