काठमाडौं । पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकास चौधरीका अनुसार शुक्रबार दिउँसो मित्याल-अरूणखोला सडक अन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबासमा जिप दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा परी निस्दी गाउँपालिका वडा नम्बर ७ की ३६ की हेम कुमारी सारु र वडा नम्बर ४ की ओम कुमारी खाम्चा रहेका छन्।
अर्की मृतक महिलाको पहिचान खुलेको छैन।
अरूणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान दुर्घटनामा परेको थियो।
उक्त जिप निस्दी- ४ चिउरेबासको घुम्ती नजिकबाट करिब १२ सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए। दुर्घटनामा परी आठ जना घाइते भएका छन्।
जिप चालक पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर १२ का अन्दाजी ४० बर्षका टेक बहादुर गाहा मगर पनि घाइते छन् ।
घाइते पाँच जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा र तीन जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चौधरीले जानकारी दिए।








