सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन् ।

पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका हुन् । उनले आन्दोलनले राजनीतिक वृत्तमा ‘सच्चिने वा सक्किन तयार रहने’ भन्ने बलियो सन्देश दिएको बताए ।

उनले भने, ‘गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नितान्त नयाँ राजनीति परस्थिति सिर्जना गरेको छ । त्यसले राजनीतिक वृत्तमा राजनीतिक दलहरुलाई कि सच्चिने प्रण गर या त सकिन्न तयार हौँ भन्ने एउटा बलियो सन्देश २३ गतेको जेनजी युवाहरुको आन्दोलनले दियो ।’

भर्खरै

सम्बन्धित खबर

Language »