सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेले मनायो ७५औ जन्मोत्सव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो विद्यालयकोरुपमा स्थापित बाह्रबिसे नगरपालिकामा पर्ने श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेले आफ्नो स्थापनाको ७५ औं जन्मोत्सव भव्यताकोसाथ मनाएको छ ।
नव नियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय नेता तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश पुर्व वन तथा वातावरण मन्त्री मसिना खड्का(भण्डारी),बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत,उपमेयर मन्जु तामाङ,सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष एवं सफल व्यवसायी बुद्धराज बस्नेत,विद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष शम्भु बहादुर तिमल्सिना, जिल्ला शिक्षक संघका अध्यक्ष तारा बहादुर कार्की, विद्यालयका पुर्व प्रधानाध्यापक उद्दबलाल श्रेष्ठको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका वडाअध्यक्षहरु बिमल प्रसाद पौड्याल, शेखर बहादुर भण्डारी, जिबनकुमार भण्डारी,श्याम लामा,किष्ण राय लगायतको आतिथ्य रहेको थियो ।
विद्यार्थीहरुको शैक्षिक सुधारकोलागि यो विद्यालयबाट एसईई दिने विद्यार्थीहरुको लागि निशुल्क कोचिङ क्लास सन्चालन गर्न पुर्व मन्त्री बस्नेतको ठुलो योगदान रहेको भन्दै बस्नेतको चर्चा समेत हुने गरेको छ ।
भर्खरै मात्र नियुक्त भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश) यहि विद्यालयका एसएलसी व्याच २०५५का विद्यार्थी समेत हुन् ।
यो विद्यालयको एसएलसी व्याच २०५५ समुहका अध्यक्ष समेत रहेका समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)ले कार्यक्रममा बोल्दै २००८ सालमा विद्यालय स्थापना गर्दा महत्वपुर्ण योगदान पुर्याउनुहुने विर बहादुर खड्का,मोहन नारायाण श्रेष्ठ,विश्व राज श्रेष्ठ र हेमराज श्रेष्ठलाई विद्यालयले कहिल्यै बिर्सन नहुने बताउनु भयो ।
आफैंले अध्ययन गरेको विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष जस्तो जिम्मेवारी लिएर आउनु आफ्नालागि अवसर र चुनौति दुवै भएको भन्दै विद्यालय सुधारका लागि व्यवस्थापन समिति, प्रधानाध्यापक,शिक्षक,शिक्षिका,अभिभावक र विद्यार्थी सबैको आ—आफ्नो ठाउँमा महत्वपुर्ण भुमिका हुने भएकोले सबैको संयोजन गरेर कार्यक्रमहरु बनाउने कुरामा अध्यक्ष श्रेष्ठले जोड दिनु भयो ।
आफ्नो कार्यकालमा केहि नयाँ काम गर्ने उदेश्य बोकेर आएकोले यसमा बाह्रबिसे नगरपालिका र शिक्षा शाखाको महत्वपुर्ण हातहुने समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठले सबैको साथ र सहयोग पाए यो विद्यालयलाई सिन्धुपाल्चोकको नमुना विद्यालयको रुपमा स्थापित गर्न आफु मन,बचन र कर्मले लाग्ने प्रतिबद्धता समेत जाहेर गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »