सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालगञ्ज उप–महानगरकाे पहिलो नगर अधिवेशन पुष १५ गते हुँदैं

नेपालगञ्ज, राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने भएको छ । यही पुष १५ गते नेपालगञ्ज उप–महानगर अधिवेशन गर्न लागिएको हो ।

नेपालगञ्जमा गर्न लागिएको रास्वपाको यो प्रथम एतिहासिक नगर अधिवेशन रहेको रास्वापा बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य तथा सचिवालय सदस्य हरि ढकाल आउन लागेका सभापति श्रेष्ठले बताए ।

उनका अनुसार अधिवेशन पुष १५ गते नेपालगञ्ज स्थित सिद्धार्थ कटेजमा दिउँसो १२ः३० बजेबाट सुरु हुने कार्यतालिका रहेको छ ।

साथै वृहत पार्टी प्रवेशको कार्यक्रम समेत रहेको पार्टीले जनाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »