सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ

काठमाडौंमा सुन जस्तो देखिने वस्तु देखाएर ५ लाख रुपैयाँ ठगेको आरोपमा चार जना पक्राउ परेका छन्।

कागेश्वरी नगरपालिका-५ थलीमा सस्तो मूल्यमा दिन्छु भनेर सुनजस्तै वस्तु देखाएर देखाएर दुई जनालाई ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा मकवानपुरका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, ४८ वर्षीय राजेन्द्र तामाङ, ५३ वर्षीय वीरबहादुर तामाङ र नवलपरासीका ४२ वर्षीय जितबहादुर तामाङ छन्। 

उनीहरूले पुस ८ गते दुई जनालाई सस्तोमा सुन दिने भनेर पाँच लाख रुपैयाँ लिएपछि फरार भएका थिए। 

ठगीमा परेको भन्दै प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »