सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न मदुरो तयार!

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन्।

बिहीबार प्रसारण भएको एक अन्तर्वार्तामा मदुरोले ती विषयमा दुई देशका अधिकारीहरूले गम्भीरतापूर्वक कुराकानी सुरु गर्नुपर्ने जनाएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

स्पेनी पत्रकारसँगको सो अन्तर्वार्ताका मदुरोले महिनौँदेखि चलिरहेको शंकास्पद लागूऔषध तस्कर लक्षित अमेरिकी सैन्य अभियानका बारे कुरा गरेका छन्। ‘यदि उनीहरू लागूऔषध ओसारपसार विरुद्ध लड्न कुनै सम्झौताका बारेमा गम्भीरतापूर्वक कुरा गर्न चाहन्छन् भने, हामी तयार छौं,’ बुधबार रेकर्ड गरिएको अन्तर्वार्तामा मदुरोले भनेका छन्।

तेलका बारेमा कुरा गर्न पनि तयार रहेको मदुरोले जनाएका छन्।

‘यदि उनीहरूलाई भेनेजुएलाको तेल चाहिएको हो भने, अमेरिकी कम्पनी सेभ्रोनसँग गरिएको जस्तो अमेरिकी लगानीका लागि भेनेजुएला तयार छ। उनीहरूले जब चाहन्छन्, जहाँ चाहन्छन् र जसरी चाहन्छन्, हामी तयार छौँ,’ उनले थपे।

अमेरिकाले विगत केहि महिनामा भेनेजुएला छेउछाउ व्यापक सेना परिचालन गरेको छ। अमेरिकी सेनाले सेप्टेम्बरदेखि क्यारिबियन क्षेत्रमा ३० भन्दा बढी लागूऔषध बोकेका शंकास्पद डुङ्गाहरूमाथि आक्रमण गरेको छ। ती आक्रमणमा एक सय भन्दा बढी मानिसको मृत्यु भएको छ।

भेनेजुएलालाई विदेशी आतंकवादी संगठन भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल बोक्ने प्रतिबन्धित तेल ट्याङ्करहरूलाई नाकाबन्दी गर्न आदेश दिएका छन्। त्यस कारणले पहिले देखि नै अर्थिक समस्या बेहोरिरहेको भेनेजुएलालाई झन् मुस्किल परेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »