सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विध्यासागर ईङ्लिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम — २०८२ सम्पन्न

काठमाडौं ।  विध्यासागर ईङ्लिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम — २०८२ सम्पन्न सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. गणेश बहादुर गरुङले गर्नु भएको थियो भने प्रमुख अतिथि गाेकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष  नारायण बहादुर सुवेदी हुनुहुन्थ्यो ।

कार्यक्रममा   विद्यालय सञ्चालक समिती ,प्रिन्सिपल लगायतका समाजसेवी व्यक्तित्वकाे उपस्थिति रहेको थियो ।

कार्यक्रम मा बोल्दै सभापति प्रा.डा. गणेश बहादुर गरुङले विद्यालयले धेरै प्रगति गरेकाे कुरा  व्यक्त गर्नुभयाे। प्रमुख अतिथि गाेकर्णेश्वर नगरपालिका वडा नं ५ अध्यक्ष श्री नारायण बहादुर सुवेदीले यस विद्यालयकाे शिक्षा सिर्जनात्मक तथा प्रविधिमैत्री हुदै गएकाे कुरा मन्तव्यमा भन्नुभएकाे छ ।

कार्यक्रममा उत्कृषट अभिभावक तथा शिक्षकहरुलाइ सम्मान गरिएकाे छ । साथै विद्यालयका कार्यकारी निर्देशक महेन्द्र कुमार जाेशी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष माेहन प्रसाद पाेखरेल लगायतले अभिभावक तथा शिक्षकहरुलाइ सम्मान गर्नुका साथै सम्पुर्णँ अतिथिहरुलाइ मायाकाे चिनाे प्रदान गर्नुभयाे।

विद्यालयका प्रिन्सिपल पाेष्टहरि बरालले कार्यक्रममा सम्पुर्णँ अतिथि गणहरुलाइ स्वागत गर्नुभयाे।

कार्यक्रमकाे अझ मुख्य आकर्षण भनेकाे नेपाल आइडल सिंगिङ् कन्टेस्ट सिजन ६ विजेता गायिका गंगा साेनाम तथा गायक र माेडेल दिपेन्द्र साेनामले अभिभावकहरु लाई भरपुर मनाेरन्जन प्रदान गर्नुभयाे ।

साथै यश कार्यक्रमका लागि अहाेरात्र खट्नुहुने सम्पुर्णँ शिक्षक वर्गहरु, सहयाेगी हातहरुलाई विद्यालय परिवार ले धेरैधेरै धन्यवाद व्यक्त गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »