काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने सप्तरी घर भएका ३३ वर्षीय सुन्दर मुखिया, काठमाडौं रानीबारी बस्ने सप्तरी घर भएका ३३ वर्षीय सुरेश कुमार ठाकुर र काठमाडौं कलंकी बस्ने भारत घर भएका २५ वर्षीय पिण्डु कुमार जादव रहेका छन् ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








