सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हालै ‘म्याट होल्ड बुलिस’ देखियो नेप्से

गत साता सोमबार नेप्से परिसूचकले ‘म्याट होल्ड बुलिस प्रवृत्ति’ (लगभग उस्तै) आकृति बनायो।

यो आकृतिमा पहिलो दिन लामो सेतो मैनबत्ती बनेको हुन्छ भने त्यसपछिका केही दिन लगातार सानो मैनबत्ती आकृती बनेको हुन्छ।

तर पहिलो दिनको लामो मैनबत्तीको सुरू विन्दुभन्दा तल नेप्से झरेन।

छैटौं दिन भने नेप्से उच्चले बढेर फेरि सेतो मैनबत्ती आकृति बनायो। र, पहिलो दिनको अन्तिम बिन्दुभन्दा माथि नै पुगेर बजार बन्द भयो।

पहिलो दिन २६३३ मा बजार बन्द भएकामा छैटौं दिन भने २६३९ मा बन्द भयो।

बजारले बुलिस प्रवृत्ति नै समात्न सक्ने यसले संकेत गर्छ।

यो आकृति हुबहु म्याट होल्ड बुलिस प्रवृत्ति भने बन्न सकेन। पाँचौं दिनमा बन्नुपर्ने लामो सेतो मैनबत्ती आकृति छैटौं दिनमा बनेको थियो।

त्यसयता फेरि लगभग उस्तै प्रवृत्ति बन्न खोजिएको देखिन्छ। तर पाँच दिनमा बन्नुपर्ने यस्तो आकृति केही फरक देखिएको छ। यसैले यही प्रवृत्ति देखिने सम्भावना भनेर घटेको छ।

त्यसो भए के हुन्छ त?

नेप्सेले केही समयदेखि २६५० विन्दुमा दरिलो प्रतिरोध पाइरहेको छ। गत भदौ २३ गतेयता मात्रै नेप्सेले चार पटक यो विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। तर यो तह पार गर्न सकिरहेको छैन।

अहिले नेप्से निश्चित बिन्दुमा रहेर तलमाथि गर्दै साइडवेज मुभमेन्टमा देखिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »