सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

घरेलु मैदानमा जारी खेलमा नेपाल आज नेदरल्यान्डससँग २ रनले पराजित भएको हो । नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »