सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं ८ मा सुमन सायमीको चर्चा : चुनाव जिताउन १००१ जनाको निर्वाचन परिचालन समिति घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. ८ को भेला सम्पन्न भएको छ। भेलाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा तारा चिन्हका उम्मेदवार सुमन सायमीलाई अत्याधिक मतले विजयी गराउने उद्देश्यसहित उमेश स्थापितको संयोजकत्वमा १००१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ।

भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाले निर्वाचनलाई व्यवस्थित, सशक्त र जनमुखी बनाउँदै घरघरमा पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा जनसमर्थन विस्तार गर्ने निर्णयसमेत गरेको छ।

नवगठित मूल निर्वाचन परिचालन समितिले क्षेत्र नं. ८ भित्र व्यापक जनपरिचालन गर्दै निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने बताइएको छ।

पार्टी नेतृत्वले क. सुमन सायमी जनताको आवाज बोकेका उम्मेदवार भएको उल्लेख गर्दै विजय सुनिश्चित गर्न सम्पूर्ण शक्ति परिचालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »