सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महाशक्ति सावुन कम्पनीको स्टोरमा आगलागी

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सावुन कम्पनीको स्टोर भवनमा गएराति आगलागी भएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो निभाउन पशुपतिनगर मकवानपुरको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण, हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल र स्थानीयहरुको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीमा मानवीय तथा पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीले स्टोरमा रहेको सावुन र कार्टुन जलेर नष्ट भएको छ भने क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »