काठमाडौं । सिन्धुली कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाइजेपाम ३ सय एम्पुल र प्रोमेथाजाइन ३ सय एम्पुल सहित महोत्तरी मटिहानी नगरपालिका-८ घर भएका ४५ वर्षीय दिप नारायण साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ६५१३ नम्बरको ईभि हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








