नेपालगञ्ज,समाजवादी पार्टी नेपाल निरन्तर कोरोना विरुद्धको अभियानमा लागिरहेको छ । चैत्र महिनाको दोस्रो साता देखी देश कोरोना भाइरसको कारण पुर्ण रुपमा लकडाउन भएको छ ।
![](https://i1.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/92565247_274249156916874_1437230987934171136_n.jpg?fit=461%2C1024&ssl=1)
जसका कारण बिपन्न परिवारलाई बिहान बेलुकाको छाक टार्न समस्या परिरहेको छ । समाजवादी पार्टी बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राई बिहान देखि अबेर राती सम्म बिपन्न परिवर लाई खोजी खोजी राहत दिइरहेका छन् ।
उनले देश लकडाउन भएको तेस्रो दिन देखि नै बाँके जिल्लाका बिभिन्न ठाउँका विपन्न परिवारलाई राहत वितरण गर्दै आएका हुन् ।
![](https://i2.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/71386030_2852309554907801_5949180173462011904_n.jpg?fit=474%2C1024&ssl=1)
उनले सरकार अनि स्थानिय तहले लगाएको नियमको पालना गर्दै बिपन्न परिवार छनौट गरि आफै गाडी चलाएर सबै को घर घर मा पुगेर नै राहत वितरण गरिरहेको उनले बताए ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/04/94025312_1879113165558070_5436670122691395584_n.jpg)
उनले सबैलाई लकडाउनको पुर्ण पालना गर्दै घर मै सुरक्षित भएर बस्न भनेका छ्न । अहिले कोरोनाबाट बाचे पो पछि राजनिती गर्न पाइन्छ, कोरोना ले लगे केको राजनीति त्यसैले सबै राजनीतिकर्मीलाई उनले आफु सुरक्षित हुँदै आफु नि बाँचौ अरुलाई नि बचाऔं भन्दै सरकारको निति नियम भित्र रहेर मात्र जनताको सेवामा लाग्न अनुरोध समेत गरेका छन् ।