सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज काठमाडौँको न्यूनतम तापक्रम घट्यो

काठमाडौँ । लगातार २ दिन बढेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ । आज सुरुवातमै काठमाडौँको न्यूनतम तापक्रम आइतबारको भन्दा कम देखिएको छ ।

मौसमविद्का अनुसार तापक्रम तलमाथि भइरहन्छ । राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ ।

यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »