सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोरङ–६ का एमाले उम्मेदवार विनोद ढकाललाई पितृशोक

काठमाडौं । नेकपा (एमाले)का मोरङ–६ का उम्मेदवार विनोद ढकाललाई पितृशोक परेको छ ।

एमाले उम्मेदवार ढकालका पिता विष्णुप्रसाद ढकालको १०२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

‘आज अभिभावक गुमाएको दिन ! मेरो पुजनिय पिता विष्णुप्रसाद ढकालको आज मिति २०८२ माघ २९ गते बिहीबार बिहान १०२ वर्षको उमेरमा असामायिक निधन भएकोले हाम्रो परिवार मर्माहत भएका छौँ । बुवाको बैकुण्ठ बासको कामना गर्दछौँ ।’ ढकालले फेसबुकमा लेखेका छन्, ‘बुवाको पार्थिव शरीरको अन्त्यष्टि आज २०८२ माघ २९ गते बिहिबार दिनको ठिक ३ बजे घर (सम्झना चोक, विराटनगर–५)बाट परोपकार घाट विराटनगर–१ मा हुने सम्पूर्ण आफन्त, छरछिमेकी तथा इष्टमित्रमा जानकारी गराउँदछौँ ।’

भर्खरै

सम्बन्धित खबर

Language »