सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बारा जिल्लाका रास्वपा संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका संस्थापक सदस्य तथा बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन्।

उनले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

चौधरीले पार्टीको ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भई आफू पार्टीमा आबद्ध भएको बताएका छन्।

तर आसन्न फागुन २१ गतेको निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय तथा कार्यशैली स्थापना कालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत रहेको अनुभव गरेको उनको भनाइ छ।

उनले संगठनमा सक्रिय रूपमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएका छन्।

साथै, पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको दाबी गर्दै यस्तो परिस्थितिमा मौन बसिरहन नसक्ने बताएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »