काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ । अध्यक्ष ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेका छन् ।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
स्वर्गिय मोहनप्रसादको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।








