सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओली–लेखक पक्राउ परेपछि के भने हर्क साम्पाङले?

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा शनिबार बिहानै पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले राजनीतिक प्रतिशोधतर्फ संकेत गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जसले जिते पनि राजनीतिक प्रतिशोध हुने भनेर आफूले यसअघि नै बोलेका कुरा चरितार्थ भएको बताएका छन्।

अब आन्दोलन हुने सम्भावना पनि व्यक्त गरेका छन्।

‘मेरो कुरा ढिलागरी बुझ्छन्। मैले ओखल्ढुंगाको कार्यक्रममा भन्या थेँ– अरू जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो भनेर। अब हुने भनेको यस्तै मात्रै हो! आन्दोलन आन्दोलन अनि आन्दोलन,’ उनको टिप्पणी छ।

भदौ २३ को जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा नेकपा एमाले अध्यक्षसमेत रहेका ओली र लेखक शनिबार बिहान पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं राखिएकोमा अध्यक्ष ओलीलाई भने स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »