सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका छन्।

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेको थियो। 

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीले उनलाई शनिबार बिहानै पक्राउ गरेको हो। नेपाली कांग्रेसका नेतासमेत रहेका उनलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »