सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग फेरि बन्द

काठमाडौं । वीपी राजमार्ग फेरि बन्द भएको छ । तीन दिनपछि आज बिहान सञ्चालनमा आएको राजमार्ग पुनः बन्द भएको हो ।

रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि सुरक्षाको दृष्टिले बिहान १० बजेदेखि राजमार्गमा सवारी आवागमन रोकिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि अस्थायी डाइभर्सन निर्माण गरेर बिहानैदेखि साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । खोलामा पानीको सतह घटेपछि मात्रै पुनः सवारी सञ्चालन गर्नेबारे निर्णय गरिनेछ।

गत सोमबारदेखि परेको लगातार वर्षाले रोशी खोलामा बाढी आएपछि काभ्रे–सिन्धुली खण्डको विभिन्न स्थानमा सडक तथा डाइभर्सन बगाएको थियो। बाढीका कारण तीन दिनदेखि अवरुद्ध बनेको थियो । जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »