सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुलशन झाको साहसलाई पन्छाउँदै स्कटल्यान्ड २ रनले विजयी

काठमाण्डौं । गुलशन झाको साहसलाई पन्छाउँदै स्कटल्यान्डले क्रिकेट विश्वकप लिग-२ मा मंगलबार नेपाललाई २ रनले पराजित गरेको छ । स्कटल्यान्डले कीर्तिपुरमा नेपाललाई पराजित गरेको यो पहिलो पटक हो ।

टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ४३ रन बनाएको थियो । नेपाली इनिङ्स सुरू हुने क्रममा वर्षाले खेल बिथोलेको थियो । वर्षा रोकिएपछि डकवर्थ लुइस पद्धतिको आधारमा नेपालले ३९ ओभरमा २ सय २१ रनको नयाँ लक्ष्य पाएको थियो ।

गुलशनले ३५ बलमा अविजित ६१ रन बनाए पनि नेपालले ७ विकेट गुमाई २ सय १८ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई विजयका लागि १३ रनको आवश्यकता थियो । तर नेपालले १० रनमात्र बनाउन सक्यो । गुलशनले खेलको अन्तिम बलमा छक्का प्रहार गरेका थिए ।

गुलशनले कुल २ चौका र ५ छक्का प्रहार गरे । उनीसँगै गुलशन झा १० बलमा ८ रन बनाई अविजित रहे । नेपालबाट विनोद भण्डारी १०, अर्जुन कुमाल शून्य, आसिफ शेख २१ रनमा आउट भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »