काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आसन्न निर्वाचन नजिकिँदै जाँदा देशभरका यातायात व्यवसायी, श्रमिक, सहकर्मी तथा युवा उद्यमीहरूबीच चुनावी माहोल थप तातिएको छ । यहीबीच महासंघको केन्द्रीय सदस्य (खुल्ला) पदका उम्मेदवार क्रम संख्या २८ का युवा व्यवसायी राजु घिमिरेको पक्षमा व्यापक समर्थन देखिन थालेको छ ।
विगत लामो समयदेखि यातायात क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित संरक्षण, श्रमिकमैत्री वातावरण निर्माण तथा संस्थागत एकताको पक्षमा सक्रिय रहँदै आएका घिमिरेलाई यसपटक अत्यधिक मतले विजयी गराउन विभिन्न जिल्लाका यातायात व्यवसायीहरूले खुला रूपमा अपिल गर्न थालेका छन् ।
यातायात क्षेत्र नेपालकै अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको भए पनि राज्यको प्राथमिकतामा पर्याप्त रूपमा पर्न नसकेको गुनासो व्यवसायीहरूको रहँदै आएको छ । बढ्दो करको दबाब, इन्धन मूल्यवृद्धि, बैंक ब्याजदर, सडक पूर्वाधारको समस्या, बीमा सम्बन्धी जटिलता, श्रमिक व्यवस्थापन, डिजिटल प्रविधिको चुनौती तथा नीतिगत अस्थिरताले व्यवसायीहरू निरन्तर दबाबमा परिरहेका बेला राजु घिमिरे जस्ता युवा, ऊर्जाशील र व्यवहारिक नेतृत्व आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ ।
राजु घिमिरेले लामो समयदेखि यातायात व्यवसायमा सक्रिय रहँदै व्यवसायीहरूका समस्या नजिकबाट बुझ्दै आएका छन् । उनी केवल व्यवसायी मात्र नभई संगठनभित्र सहकार्य, समन्वय र एकताको वातावरण निर्माण गर्ने नेतृत्वका रूपमा परिचित छन् । विभिन्न व्यवसायिक आन्दोलन, छलफल, अन्तरक्रिया तथा संस्थागत अभियानहरूमा उनले निर्वाह गरेको भूमिकालाई अहिले धेरैले सकारात्मक उदाहरणका रूपमा लिने गरेका छन् ।
विशेषगरी युवा व्यवसायीहरूलाई संगठित गर्दै नयाँ पुस्तालाई यातायात व्यवसायप्रति आकर्षित गराउने अभियानमा घिमिरेको सक्रियता उल्लेखनीय मानिन्छ । पुराना अनुभव र नयाँ सोचलाई एकसाथ अघि बढाउन सक्ने क्षमताका कारण पनि उनी व्यवसायीहरूको रोजाइमा परिरहेका छन् ।
महासंघभित्र पारदर्शिता, उत्तरदायित्व र व्यवसायीमैत्री नीतिको पक्षमा स्पष्ट आवाज उठाउँदै आएका घिमिरेले विगतमा विभिन्न कठिन परिस्थितिमा व्यवसायीहरूको पक्षमा उभिएर काम गरेका उदाहरणहरू अझै पनि व्यवसायीहरूले स्मरण गर्ने गरेका छन् । कोरोनाकालपछि धराशायी बनेको यातायात क्षेत्रलाई पुनर्जीवित गर्न, व्यवसायीहरूको मनोबल उच्च बनाउन र राज्यसँग प्रभावकारी संवाद गर्नुपर्ने आवश्यकता रहेको बेला उनले खेलेको समन्वयकारी भूमिकाको धेरैले प्रशंसा गर्ने गरेका छन् ।
उनी निकट व्यवसायीहरूका अनुसार राजु घिमिरे पदका लागि मात्र उम्मेदवार बनेका होइनन्, यातायात व्यवसायीहरूको साझा आवाजलाई बलियो बनाउन चुनावी मैदानमा उत्रिएका हुन् । “संस्था बलियो भए व्यवसाय बलियो हुन्छ” भन्ने मूल मान्यताका साथ उनले लामो समयदेखि व्यवसायीहरूलाई एकताबद्ध बनाउने काम गर्दै आएका छन् ।
देशका विभिन्न जिल्लाबाट आएका व्यवसायी प्रतिनिधिहरूले पनि घिमिरेलाई इमानदार, सहयोगी, सरल र परिणाममुखी व्यक्तित्वका रूपमा चित्रण गरेका छन् । उनीहरूले महासंघलाई नयाँ गति दिन, व्यवसायीहरूका समस्यालाई सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन तथा संस्थालाई अझ सशक्त बनाउन राजु घिमिरेको विजय आवश्यक रहेको बताएका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा घिमिरेले आफू विजयी भएपछि व्यवसायीहरूको अधिकार, व्यवसायको सुरक्षा, श्रमिकको सम्मान तथा संस्थाको गरिमालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले महासंघलाई केवल औपचारिक संस्था नभई व्यवसायीहरूको वास्तविक अभिभावक संगठनका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन् ।
यातायात क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने योजनासहित मैदानमा उत्रिएका घिमिरेले युवा सहभागिता वृद्धि, संस्थागत सुधार, व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा राज्यसँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्ने एजेन्डालाई अघि सारेका छन् ।
यसैबीच विभिन्न यातायात व्यवसायी संगठन, युवा व्यवसायी समूह तथा सहकर्मीहरूले क्रम संख्या २८ मा मतदान गरी राजु घिमिरेलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण मतदातासमक्ष अपिल गरेका छन् । उनीहरूले महासंघलाई सक्षम, प्रभावकारी र व्यवसायीमुखी नेतृत्व आवश्यक रहेको भन्दै यसपटकको निर्वाचनमा युवा र सक्रिय नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
व्यवसायीहरूका अनुसार आगामी नेतृत्व केवल पदको प्रतिस्पर्धा नभई यातायात क्षेत्रको भविष्य निर्माणसँग जोडिएको विषय भएकाले अनुभवी सोच, सक्रियता र इमानदार नेतृत्व भएका उम्मेदवारलाई जिताउन आवश्यक छ । यही कारण पनि अहिले महासंघको निर्वाचनमा क्रम संख्या २८ का उम्मेदवार राजु घिमिरे चर्चाको केन्द्रमा देखिएका छन् ।









