काठमाडौं । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको हो । उनले जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा श्रीमती ईश्वरी भुजेलमाथि रड प्रहार गरेर हत्या गरेका थिए ।
उनी २३ गते बिहानै पक्राउ परेका हुन् ।








