काठमाण्डौ, राजन थापा
उत्कृष्ट चार्जिङ र अडियो प्रविधिमा विश्वव्यापी पहिचान बनाएको चाईनिज कम्पनी एङकर ईनोभेसनको उत्पादनहरु नेपाली बितरक सिलुसिटी ईन्टरनेश्नल प्रा.लि.ले नेपाली ग्राहकहरुलाई आकर्षण गर्न एङकर पावर हंगामा २०२६ पुरस्कार अभियान चलाएको थियो ।
शो अभियान हिजो हात्तिसारस्थित अरण्य बुटिक होटेलमा भव्य कार्यक्रम गरी एङ्कर पावर हंगामा २०२६ का विजेताहरु घोषण गर्दै समापन गरियो । एङकर फेसबुक पेजबाट लाईभ गरिएको उक्त कार्यक्रममा मिडियाकर्मी,गा्रहकबर्ग, खुद्रा विव्रmेताहरु , आधिकारि विक्रेताहरु ,सरोकारवाला, व्यापारिक तथा सामाजिक ब्यक्तित्व,ईन्फलुएन्सर र कलाकारहरुको बाक्लो उपस्थितीमा समापन गरिएको थियो ।
एङकर पावर हंगामा २०२६ पुरस्कार अन्तर्गत बम्पर उपहारमा डोङफेङ मोटर कर्पोरेसनले निर्माण गरेको डोङफेङ नाम्मी बक्स ईभिकार जसको नेपाली बजारमा मुल्य रु ४०,०००० बराबरको बम्पर कार राखिएको थियो । जसमा २२४३१ का कपुन नं. श्री रुद्रा साह बम्पर उपहारका भाग्यशाली विजेता बन्न सफल भएका थिए । त्यसै गरी कुपन नं. ५९५० र १४८७९ गरी २ जनाले रोयल एनफिल्ड हन्टर ३५० सिसिको बाईक विजेता भएका थिए भने कुपन नं. ७८०१ , कुपन नं १२९३८ का रुद्र प्रसाद रिमाल र कुपन नं. १४६१० का सरोज जोशीले सुनका सिक्का जितेर भाग्यशाली भएका थिए । कुपन नं. १३४५६ र कुपन नं. १२९९१ का उज्वल थापाले थाईल्याण्ड भ्रमणका प्याकेज जिते ।
यसैगरी २ जना भाग्यशाली विजेताले वासिङ्गमेसिन उपहार जितेका थिए । उपहार लक्की ड्र मार्फत पारदर्शी ढंगबाट गरिएको थियो । सिलुसिटीका निर्देशक अनिमित्र शर्माले कार्यव्रmमलाई सम्बोधन गर्ने क्रममा यस अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग,खुद्रा बिक्रेताहरु,वितरकहरु र सरोकारवालाहरुप्रति आभार व्यक्त गर्दै ।
आगामी दिनमा एङकर ईनोभेसनका अझ नया उत्पादनहरु नेपाली बजारमा विश्वसनियता कायम गर्दै अझ तदारुकताका साथ नेपाली ग्राहक माझ पुर्याउने बाचा गरे । एङकर पावर हंगामा २०२६ एअभियान दुई चरणमा सञ्चालित थियो । पहिलो चरण १ डिसेम्बर २०२५ देखी ३१ जनवरी २०२६ सम्म र दोश्रो चरण १ मार्च २०२६ देखि ३० अप्रिल २०२६ सम्म रहेको थियो ।
सहभागी स्टोरहरु वा दराज मार्फत ३,०००। रुपैयाँभन्दा बढीको खरिद गर्ने ग्राहकहरु यस अभियानमा सहभागी भएका थिए । एङकर चार्जर,पावर ब्याङ्क,ईयरबड्स र स्मार्ट डिभाईसहरु बनाउने कम्पनी भएता पनि एङकरले चार्जिङ प्रोडक्टस र अडियो प्रोडक्टस बाहेक टेक एक्सेसोरिज अन्तर्गत युएसबी हब्स,ल्यापटप चार्जस र प्रोजेक्टर उत्पादनका साथै स्मार्ट होम डिभाईसहरु जस्तै सिक्युरिटी क्यामेरा,भ्याकुम क्लिनर र स्मार्ट डोरबेल्स पनि उत्पादन गर्दछ ।
एङकरका उत्पादनहरु चार्जर , फास्ट चार्जर , ओभर हिट प्रोटेक्सन ,आईफोन र एन्ड्रोईड दुवैमा लाग्ने र स्मार्ट पावर डिस्ट्रिब्युसन । हुनुका साथै रिजनेबल मुल्य , र गुणस्तरीय भएकै कारण आज विश्वमाझनै यसको लोकप्रियता बढदो छ ।
त्यही भएर पनि सिलुसिटी ईन्टरनेश्नल नेपालले पनि यसलाई नेपालव्यापी बनाई आम नेपालीलाई एङकर ब्राण्डका प्रोडक्टसको लाभ उठाउने मौका प्रदान गर्दै आएको छ ।








