सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राेशी गापाकाे अध्यक्ष डिभी माेक्तानकाे पहलमा करिब १२० पैदलयात्रीहरूकाे उद्धार

काभ्रे । राेशीगाउँपालिकाकाे अध्यक्ष डिभि माेक्तानकाे पहलमा साेमबार करिब १२० जना पैदलयात्रीहरूलाई निश्चित गन्तव्यसम्म पुग्नका लागि गाडीकाे व्यवस्था गरि उद्धार गरेका छन् ।

लकडाउनकाे पहिलाे हप्ता देखि नै पैदलयात्रीहरूलाई सहयाेग गर्दै आइरहेका अध्यक्ष माेक्तानले जिल्ला प्रशासन कार्यलय काभ्रेकाे दवाब आए पछि पानी र खाजाकाे मात्र व्यवस्था गर्दै आएका थिए। अध्यक्ष माेक्तानलाई लकडाउन उलङ्गन गरेकाे आराेप पनि लागेको थियो ।

धेरै टाढाको यात्रा गर्नुपर्ने पैदयात्रीहरूकाे दर्दनाक भिडियाे, फाेटाे र समाचारहरू प्रकाशन भएपछि नेपाल सरकारले सके घर जानका लागि व्यवस्था गरिदिने नसके जहाँ छ त्यहीँ खाना र बासकाे व्यवस्था गरिदिन स्थानीय तहलाई निर्देशन दिएकाे थियाे । त्यसपछि स्थानीय तहका प्रमुखहरू अलपत्र परेका पैदलयात्रीहरूकाे उद्धार गर्ने कार्यमा प्रतिष्पर्धा नै गरिरहेका छन् ।

राेशीगाउँपालिका अध्यक्ष माेक्तानले भने जस्ले जे भनेता पनि निरन्तररूपमा उद्धार कार्यमा लागिरहेका थिए । अलपत्र परेका पैदलयात्रीहरूलाई
राेशी गाउँपालिकाले खाजा र यातायातकाे व्यवस्था गरिदिएकाे समाचारहरू धेरै आएपछि धेरै गाउँपालिका प्रमुखहरूले पनि त्यसकाे सिकाे गर्दै उद्धारकाे नाटक पनि गरेका थिए ।

बैशाख ८ गते साेमबार मात्र १२० जनालाई उद्धार गरी निश्चित गन्तव्यसम्म पुग्नका लागि अध्यक्ष माेक्तानले पहल गरेका छन् । साेमबार साँझमात्र ३५ पैदयात्रीकाे उद्धारका लागि अध्यक्ष माेक्तान आफै गाडी लिएर गएका थिए । साथमा सुनकाेशी गाउँपालीकाकाे युवाहरू राज मैनाली, गोकुल तामाङ, बाबु तामाङ, साम्देन लामा लगायत प्रहरी चौकी खहरेपाँगुले खाना ,खाजाकाे समेत व्यवस्था गरेकाे थियाे ।

उद्धार कार्यमा अध्यक्ष माेक्तानसँगै स्वास्थ्य शाखाका प्रमुख दिलरत्न शाक्य, कटुञ्जे चौकीका असइ, मंगलटार इलाका प्रहरीका इन्चार्ज रहेका थिए ।

राेशी गाउँपालिकाले उद्धार गरिएका पैदलयात्रीहरूलाई सुनकाेशी गाउँपालिकासँग समन्वयन गरी पठाएकाे वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »