सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बौद्ध दर्शन र नेपाल भाषा साहित्यसम्बन्धी सात कृति विमोचन

काठमाडौँ । बौद्ध दर्शन तथा नेपाल भाषा साहित्यका चर्चित लेखकद्वय डा. रिना तुलाधर बनिया र लोचनतारा तुलाधरद्वारा लिखित सातवटा कृति शनिबार थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सको आरम्भ बैंक्वेट एण्ड इभेन्टमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ।
नेपाल भाषाका वरिष्ठ साहित्यकार सुवर्ण केशरी चित्रकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. रिना तुलाधर बनियाद्वारा लिखित पाली भाषा सिकौँ, मनोपुब्बङ्गमा धम्मा (भाग–१ र २), रागाग्नी, अभिमन्युया पुनर्जन्म र गणेद्योया विलाप तथा लोचनतारा तुलाधरद्वारा लिखित थेरवाद बुद्धधर्म र पालिभाषाको विकास र सिमा मुदुगु गुँ कृतिहरूको सामूहिक रूपमा विमोचन गरिएको हो ।
कार्यक्रममा डा. त्रिरत्न मानन्धर, डा. पुष्पराज राजकर्णिकार, मल्ल के. सुन्दर, सप्रा. मदनरत्न मानन्धर, रमेशकाजी स्थापित तथा प्रतिसरा सायमीलगायतले विमोचित कृतिहरूमाथि समीक्षात्मक मन्तव्य राख्दै बौद्ध दर्शन, पालि भाषा र नेपाल भाषा साहित्यको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनमा यस्ता कृतिको महत्त्वपूर्ण योगदान रहने धारणा व्यक्त गर्नुभयो । वक्ताहरूले बौद्ध साहित्यको समृद्ध परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता प्रकाशनले सेतुको भूमिका खेल्ने उल्लेख गर्दै लेखकद्वयको निरन्तर सिर्जनशीलताको प्रशंसा गर्नुभयो ।
बौद्ध लेखक, साहित्यकार, अध्येता, अनुसन्धानकर्ता तथा बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा लेखकद्वयले पुस्तक लेखनको पृष्ठभूमि, प्रकाशनको उद्देश्य तथा समाजमा अध्ययन संस्कृतिको विकासका लागि पुस्तकको महत्त्वबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रम पुस्तक विमोचनसँगै साहित्यिक अन्तर्क्रिया र शुभकामना आदानप्रदानका साथ सम्पन्न भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »