सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल ”नेकपा”काे पहलमा १५० जनाकाे उद्धार

काठमाडाैँ । नेपाल सरकारले लकडाउनकाे समयमा घर जान चहानेहरूका लागि स्थानीय तह, संघ र प्रदेशसँग समन्वयन गरी जाने वातावरण मिलाउनु भन्ने निर्णय अनुरूप अहिले विभिन्न जिल्लामा घर जानेहरूकाे घुँइचाे लाग्ने गरेकाे छ ।

काेटेश्वरकाे जडीबुढी र लाेकनथलीमा साँझ पाँच बजे पछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपला ट्राफिक प्रहरीलाइ भीड नियन्त्रण गर्नका लागि हाम्मे हाम्मे हुन्छ ।

मंगलबार पूर्व राज्यमन्त्री सुर्यमान दाेङ लाल्ध्वजकाे पहलमा सिन्धुलीका सयाैं मजदुरहरूकाे उद्धार गरेकाे समाचार बाहिरीएकाे थियाे । तर काभ्रेका विगट गाउँमा जान चहने मजदुरहरूकाे सवालमा भने सुन्न पाएकाे थिएन । तर बुधबार १० गते नेकपा तेमालकाे पहलमा काठमाडाैबाट घर जान चहाने करिब एक सय पचास जना तेमालका जनतालाई काठमाडाैँकाे जडिबुडीबाट साँझ ७ बजे तीनवटा बसमा लगिएको छ ।

उक्त कार्यका लागि पुर्व राज्यमन्त्री सुर्यमान दाेङ लाल्ध्वज, संघिय सांसद गंगा बहादुर दाेङ बाम्ध्वज, जिल्ला नेता नारायण पाण्डे, जिल्ला नेता इन्द्र लामा आदिकाे पनि पहल रहेकाे भएता पनि अनेरास्ववियुका केन्द्रिय सदस्य तथा नेकपा काभ्रेका जिल्ला सदस्य जेनिश दाेङ , तेमाल विद्युत ग्रामिण सहकारीका अध्यक्ष तथा नेकपा काभ्रेका जिल्ला सदस्य सार्कीमान तामाङ आफै गाडी लिएर आएका थिए । साे कार्यकालागि उहाँहरू दुबै जनाकै विशेष याेगदान रहेकाे छ । तेमालसम्म लाग्ने सम्पुर्ण गाडीकाे व्यवस्थापन युवा नेता जेनिश दाेङ र अर्का जिल्ला नेता सार्कीमान तामाङकाे नै रहेका छन् भने स्थानीय युवा नेता तथा समाजसेवी पुष्प तामाङकाे पनि सहयाेग रहेका थिए ।

”हामीले आज तीन वटा गाडीमा काठमाडाैमा रहेका तेमालका जनतालाई उद्धार गर्ने भन्ने सुनेर भाेलि गाउँसरकारले १० वटा गाडीकाे व्यवस्था गरी उद्धार गर्न लागेको खबर प्राप्त भएकाे छ । याे खुशीकाे खबर नै हाे । हाेइन भने हामी आफैले नै व्यवस्था गर्ने याेजना रहेकाे थियाे ।” सारा खबरसँगकाे संवादमा युवा नेता जेनिश दाेङले बताउनु भयाे ।

अर्का नेता सार्कीमान तामाङ भन्नुहुन्छ ”लकडाउनकाे कारण गाउँ जान चहनेहरूका लागि हामीले याे पहिलाे चरणकाे उद्धार गरेका छाै । भाेलिकाे दिनमा थप सहयाेग गर्नु पर्याे भने हामी सहयाेग गर्न तयार छौ ।

विभिन्न जिल्लाका गाउँपालिकाले काठमाडाैँमा रहेका आफ्ना जनताकाे उद्धारका लागि बस व्यवस्था गरेता पनि तेमाल सरकार भने माैन रहेकाे थियाे ।

तेमालकाे नेकपाका नेताहरूकाे पहलमा काठमाडाैँबाट तेमाल जान चहनेहरूकाे उद्धार कार्य शुरू गर्ने विभिन्न सामाजिक संजाल र समाचार बाहिरीएकाे केही समय भित्रमा नै तेमाल गाउँपालिकाले ११ गते बुधबार काठमाडाैँकाे विभिन्न स्थानबाट तेमाल बासीलाइ उद्धार गर्ने निर्णय गरेकाे छ ।

सूचना यस प्रकारकाे रहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »