सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा सुनचाँदी कालिगढहरुलाई खाद्यान्न सहयोग


नेपालगन्ज, नेपालगञ्ज उप-महानगरपालिकामा रहेका, लकडाउनले गर्दा आर्थिक समस्यामा परेका ६० जना सुनचाँदी कालिगढहरुलाई राहत वितरण गरिएको छ ।

नेपालगञ्जका केही सुनचाँदी व्यवपारीहरु र केही कालिगढसँगको आर्थिक सहयोगमा सो राहत सामग्री वितरण गरिएको कुरा कालिगढका हित चिताउने सुनचाँदी व्यवसायी मोहम्मद हाशिम अन्सारीले जनाएका छन् ।
राहत सामग्रीमा सहयोग गरेका सुनचाँदी व्यवसायीहरुलाई कालिगढ युनियनका सदस्य वीरेन्द्र गहतराजले धन्यवादका साथै थप सहयोगीहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

छुटेका कारिगढहरुलाई आउने दिनमा व्यवसायीहरुको सहयोग पाएमा पुनः वितरण गरिने कुरा सुनचाँदी कालिगढ ट्रेड युनियनका अध्यक्ष रामजी गहतराजले बताएका छन् ।
राहत सामग्रीमा चामल १० किलो, दाल डेढ किलो, तेल आधा लिटर, सेनेटाइजर १ थान र माक्स १ थान रहेको कुरा कालिगढ युनियनका सदस्य रियाज खानले बताएका छन् ।

व्यवसायीहरुले थप सहयोग गर्न चाहेमा मोहम्मद हाशिम अन्सारीलाई सम्पर्क गरी सहयोग गरिदिन कालिगढ युनियनका सदस्य अरुण सोनीले अनुरोध गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »